होटलमा शङ्कास्पद अवस्थामा मृत भेटिएका युवककाे अनुसन्धान शुरु

  • अनलाइन केन्द्र
  • / विचित्र संसार /
  • २०७६ कार्तिक १६, शनिबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

कार्तिक १६, कञ्चनपुर । चार दिनअघि होटलमा शङ्कास्पद अवस्थामा मृत भेटिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–३ का २२ वर्षीय अजय चौधरी प्रकरणमा प्रहरीले गहन अनुसन्धान शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले घटनाको सुक्ष्मरूपमा अनुसन्धान थालिएको भन्दै घटनाको सत्यतथ्य बाहिर आउने बताए ।

“मृतकका परिवारबाट आएको जाहेरीका आधारमा हामीले मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइसकेका छौं”, प्रवक्ता चन्दले भने, “एक युवतीसहित चार जनामाथि अनुसन्धान हँुदैछ ।”

मृतक अजयसँगै रहेकी युवतीलाई प्रहरीले पक्राउ गरेको भन्दै उनले युवतीबाटै घटनाको रहस्य बाहिर आउने दाबीसमेत गरे ।

प्रवक्ता चन्दले भने, “घटनामा संलग्न रहेको आंशङ्कामा अन्य तीनजना माथि अनुसन्धान शुरु गरिएको र केही दिनपछि विस्तृत अनुसन्धान पनि बाहिर आउँछ ।” मृतकका आफन्तले अजयको हत्या गरिएको दाबीसहित मुद्दा दायर गरेका हुन । रासस

ताजा अपडेट

खोजी गर्नुहोस