दुम्किवासको पुल आजदेखि सञ्चालनमा, दाउन्नेमा भने अझै समस्या

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ १९, बिहिबार (५ घण्टा अघि)
  • ६४ पटक पढिएको
दुम्किवासको पुल आजदेखि सञ्चालनमा, दाउन्नेमा भने अझै  समस्या

असार १९, काठमाडौं । नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दुम्किवासस्थित विनयी खोलाको पुल आजदेखि सञ्चालना आउने भएको छ । सडक आयोजना पूर्वी खण्डका प्रमुख इश्वरबहादुर रिजालका अनुसार आज बिहान ११ बजेदेखि नयाँ पुलबाट सबै खाले सवारी साधनले यात्रा गर्न पाउने भएका हुन् ।

पुलको ढलान भएको करिब चार हप्तापछि पुल भएर नियमित रूपमा यातायात सञ्चालन हुने भएको हो । चिनियाँ निर्माण कम्पनी, परामर्शदाता तथा आयोजनाबिच भएको छलफलअनुसार पुल मार्ग खुला गरिने जानकारी दिए ।

गत २६ पुस गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको पुरानो फलामे पुल भाचिँएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको थियो । डाइभर्सन पनि खोलाले पटक–पटक बगाएपछि यो मार्ग भएर यात्रा गर्न निक्कै कष्टकर भएको थियो ।

पछिल्लो पटक असार ७ गते विनयी खोलाले बस नै बगाएपछि नयाँ डाइभर्सन बनाइएको थिएन । जसका कारण साना तथा हलुवा सवारी साधन वैकल्पिक मार्गबाट ओहोरदोहोर गर्ने गरेका थिए भने ठुला तथा मालवाहक सवारी साधन भने तीन चार दिन कुरेर खोलाको बहाव घटेपछि आवतजावत गरिरहेका थिए ।

यता दुम्किवासको समस्या समाधान भए पनि दाउन्ने खण्डमा हल्का वर्षाले पनि उकालोमा चिप्लिएर गाडी गुड्न नसक्ने र बाटोमा गाडी फस्ने समस्या यथावत छ । आयोजना प्रमुख रिजालले अव डाउन्नेमा बर्खाअघि बाटो विस्तारको काम नहुने र मर्मत मात्र हुने भएकाले बर्खाभरी समस्या हुन सक्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस