हिमाल पारीको गाउँका तीनवटै बस्ती सडक सञ्जालसँग जोडिदैँ

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७६ कार्तिक २४, आईतबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

कात्तिक २४, हुम्ला । राज्यका अन्य सेवा र सुबिधाहरु मुश्किलले पुग्ने हुम्लाको हिमाल पारीको गाउँ लिमीका तीनवटै बस्ती सडक सञ्जालसँग जोडिन अन्तिम चरणमा पुगेका छन् ।

यसअघि मध्य जाङ र हल्जीमा गत वर्ष नै सडा सजान जोडिएको भए पनि यसपालीदेखि तिल गाउँ पनि सडक सञ्जालसँग जोडिने अन्तिम चरणमा पुगेको छ । तिल गाउँ पनि अब सडक सञ्जालसँग जोडिन एक किलो मिटर बाँकी रहेको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीका अध्यक्ष पाल्जोर तामाङले बताए ।

हाल निर्माण कार्य भैरहेको र अब केही दिनमा तिल गाउँ पनि सडक सञ्जालसंँग जोडिने उनले बताए । यसका लागि नाम्खा गाउँपालिका र वडा कार्यालयको बजेट लगानी गरेका छन् । यो सदरमुकाम सिमकोटबाट सल्लीहुँदै लाप्चा सडकको तुम्लिङबाट जाङ हुँदै हल्जी गाउँबाट तिलसम्म यस पाली वडाको बजेटले सडक निर्माण गरेर जोडिएको छ ।

पहिले प्रारम्भिक ट्रयाक खोलेर लिमीमा भएका गाडी सञ्चालनमा ल्याइने र आगामी वर्ष त्यस सडकलाई केही बिस्तार गर्ने योजना रहेको अध्यक्ष तामाङले बताए ।

सडक जोडिए पछि लिमीका बासिन्दाले नेपाली नागरिकता, सीमा पास र केही रुपमा नेपाल खाद्यान्न संस्थानको ढुवानी अनुदानको काठमाडौँबाट हिल्सा पुगेको खाद्यान्न मात्र पाउदै आएकोमा अब त्यस धेरै कुरा लिमीसम्म आपूर्ति गर्न सहज हुनेछ । अब सडक सञ्जाल जोडिएमा धेरै कुरा पाउने आशामा लिमी बासी रहेको अध्यक्ष लामाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस