कार्तिक २४, काठमाडौं । आगामी मंसिर १४ गते हुन लागिरहेको भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ (क) प्रदेश सभाको उपनिर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट उम्मेदवार रहेका देवी प्रसाद ढकाल (डिपी)ले आफ्नो चुनावी प्रतिवद्धता प्रस्तुत गर्दै निर्वाचनमा होमिएका छन् ।
प्रदेश सभा उपनिर्वाचनका सम्बन्धमा नेपाल कम्युनिस्ट पार्टी नेकपा भक्तपुर जिल्ला कमिटीद्वारा आयोजित पत्रकार सम्मेलन उनले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका हुन् । उनले संघिय सरकारले देश विकासको मार्गचित्रलाई शिरोधार्य गर्दै भक्तपुरको विकास र समृद्धिको ढोकालाई सधैंको लागि खुल्ला गर्ने गरी आफ्नो चुनावी प्रतिवद्धता आफ्ना क्षेत्रका मतदातासँग प्रस्तुत गरेका हुन् ।
उनले प्रतिवद्धताहरुमा विशेष गरी भौतिक पूर्वाधारमा विशेष महत्वका साथ अघि बढ्ने, सडक सञ्जालको विस्तार तथा स्तरउन्नती गर्ने, ढल व्यवस्थापन गर्ने, प्रत्येक घरधुरीमा खानेपानीको व्यवस्थापन गर्ने, पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने, सरकारको योजना तथा सपना पुरा गर्ने आवश्यक सम्पूर्ण कार्य एकतावद्ध रुपमा अघि बढ्ने, सिंहदरवारको पहुँचलाई सहज बनाउने लगायतका विकास प्रतिको जनताको चाहना र आवश्यकतालाई क्रमिक रुपमा पुरा गर्दै लजाने प्रकारका प्रतिवद्धता प्रस्तुत गरेका छन् ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उपनिर्वाचनमा कुनै पनि नेकपाको प्रतिस्पर्धीले जनताको पक्षमा विकास र समृद्धिको काम नगर्ने अनि अरुले गरेको विकास र समृद्धिको कार्यलार्ई आफुले गरेको भनि गलत विस्लेषण गरी जनताको माझमा प्रस्तुत नहुन आग्रह गरेका छन् । भक्तपुरका आम जनताले भ्रमको खेती टिक्न नदिने भन्दै उनले भने, ‘ प्रतिस्पर्धीले पदको जिव्रो नपड्काउनुस्, काम गरेर देखाउनुस् । भ्रम र पैसाको भरमा निर्वाचन जित्छु भनेर सपना नदेख्नुस् । भक्तपुरका जनता प्रष्ट हुनुहुन्छ, भक्तपुरको विकास र समृद्धिको गर्ने पार्टी नेकपाको साथमा जनता एक ढिक्का हुनुहुन्छ ।’
निर्वाचनको सम्पूर्ण तयारी पुरा भईसकेको साथै उपनिर्वाचना सकेसम्म कम खर्च तथा मितव्ययी तवरले अघि बढाउने उनले स्पष्ट पारे । भक्तपुरमा पार्टी भित्र कुनै अन्तरविरोध नभएको, एकताबद्ध र एढिक्का भई अघि बढेको जानकारी गराउँदै दलले जनताका प्रतिनिधि दलमार्फत उम्मेदवार पठाउने बताउँदै उनले चाँगुनारायण नेकपाले उपनिर्वाचन जित्ने बलियो आधार भएको ठाउँ रहेको स्पष्ट पारे ।
नकरात्मक ढंगले चुनावलाई प्रतिस्पर्धा नभई सकरात्मक, हार्दिकताका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले अनावश्यक इसुहरुलाई प्रोपोकाण्डको रुपमा उठाउने हो भने नेकपाले प्रतिपर्धि दलहरुलाई अवाश्यकता अनुसार प्रतिवाद गर्न तयार रहेको समेत स्पष्ट पारे । डिपी ढकाल पछाडि बेन्चमा बसेर सरकारको विरोध गर्ने नभई सरकारको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमता भएको व्यत्ती रहेको उल्लेख गरे ।
भक्तपुमा नेकपाको नेतृत्वले राष्ट्रिय गैरवका आयोजनाहरु समेत निर्माण कार्य शुरु गरिसेकेको जानकारी गराउँदै उनले नगरकोट भत्केपार्टी सडक सुधारको लागि संसदको विकास समिति, मन्त्रालयलगायतको निकायसँग पहल गरी निर्माण कार्य अघि बढेको जानकारी गराए । उक्त सडकको लागि अन्तिम पटक म्याद थप गरी निर्माण कम्पनीलाई समय प्रदान गरीएको र उक्त समयमा पनि निर्माण सम्पन्न नभए कानुनी कारवाही गर्ने चेतावनी समेत दिए ।
कार्यक्रममा नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाले जनताको चाहना अनुसारको विकासको पहरेदार पार्टी नेपालको एकमात्र पार्टी नेकपा भएको दावी गरे । नेकपाले निर्वाचनका समयमा गरेको प्रतिवद्धता शतप्रतिशत पुरा गरेरै छाड्ने उल्लेख गर्दै उनले चुनावी प्रतिस्पर्धामा आकाक्षी धेरै हुनु स्वभाविक भएको उल्लेख गरे ।
प्रदेशसभाको गत निर्वाचनमा (एमाले)का उम्मेदवार लामिछानेले १२ हजार ७८९ मत ल्याएर विजयी भएका थिए भने निकटतम् प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत ल्याएका थिए । नेमकिपाका निरज लवजुले भने सात हजार १९ मत प्राप्त गरे थिए ।