पौष २१, काठमाण्डौँ । नागढुङ्गाले अवैध लागुऔषध चरेस सहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं चन्द्रागिरी नगरपालिका वडा न. २ नागढुंगा स्थित चेक प्वाइन्टमा चेक जाँचको क्रममा लागुऔषध चरेस सहित एक जनालाई पक्राउ गरेको हो ।
धादिङबाट काठमाडौं आउँदै गरेको प्रदेश ३-०१-००५ ख ९५७३ नम्बरको यात्रुबाहक बस चेकजांच गर्ने क्रममा पर्सा जिल्ला छिपरमाई गाउँपालिका वडा नं ६ घर भएका ३४ बर्षीय शम्भु साहलाई लागू औषध चरेश सहित पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए । साहलाई आधा केजी चरेश सहित पक्राउ गरी लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भैइरहेको थानकोट प्रहरीले जनाएको छ ।