कोरोनाले थला पर्‍यो बलिउड, चैत १८ सम्मका लागि फिल्म रिलिज र सुटिङ बन्द

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ चैत्र ३, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र ३, काठमाण्डौ । बलिउड फिल्म उद्योग कोरोना भाइरसका कारण थला परेको छ । भारतको मुम्बईलाई बलिउडको राजधानी भनिन्छ । तर, अहिले त्यहाँ फिल्म निर्माणका सबै गतिविधि बन्द गरिएको छ । आइतबार मुम्बईमा फिल्म निर्माता, फिल्म निर्देशक र फिल्म मजदुर यूनियको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । अब मार्च ३१ अर्थात चैत १८ गतेसम्म कुनै पनि फिल्म रिलिज हुने छैनन् भने फिल्म सुटिङ लगायतका काम पनि अगाडि बढ्ने छैनन् ।

र, आगामी बैठकले यो सहमतिलाई निरन्तरता दिने वा नदिने भनेर निर्णय गर्नेछ । भारतमा कोरानाका संक्रमित बढदै गएपछि महाराष्ट्र मुम्बईका स्कूल, सिनेमाघर, रंगशाला, शपिङ मल यसअघि नै बन्द गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस