नागढुंगामा लामो जाम, यात्रु हैरानीमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र १७, आईतबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र १७,काठमाडौँ । त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा सडक खण्ड अन्तर्गत नागढुङ्गा भन्दा केहि मिटर तल ट्याङ्गकर बिग्रीएकाले सवारी साधनको ठुलो जाम रहेको छ ।

ईलाका प्रहरी कार्यलय खानीखोलाले उक्त सडक खण्डमा अहिले सवारी साधन एक तर्फि मात्रै सञ्चालन भईरहेको जनाएको छ । अहिले नागढुङ्गाको झन्डौ १५ किलो मिटर जाम धार्के सम्म आएको छ । बिग्रिएको सावारीलाई व्यवस्थापन गर्ने काम भईरहेका नागढुंगा अस्थायी प्रहरी पोष्टले जानकारी दिएको छ । आजको सवारी चाप बिहान ९/ १० बजेबाट मात्रै सामान्य बन्दै जाने प्रहरीले बताएको छ ।

यसरी एउटा गाडी बिग्रदा पनि सवारी साधनको लामो जाम पर्ने् यस सडक खण्डमा सरकारी चासो खासै देखिएको छैन । रात्री सेवा तथा अन्य माल बाहक सवारीहरुका यात्रुमा लामो समय सम्म जाममा बस्नु पर्ने बाध्यता रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस