पुस ९, काठमाण्डौ । केन्द्रीय समिती बैठकमा बुधबार केन्द्रीय सदस्य गगन थापाले संसद विघटनविरुद्ध तुरुन्त आन्दोलनमा जानुपर्ने धारणा राखेका छन् । नेता थापाले काँग्रेसले सर्वोच्च अदालतले के भन्छ भनेर कुरेर बस्न नहुने भन्दै काँग्रेसले के भन्छ भनेर सर्वोच्चलाई सुनाउनु पर्ने बताए ।
उनले पार्टी पदाधिकारी बैठकले असंवैधानिक र अलोकतान्त्रिक भनेर ठहर गरिसकेकाले दायाँबायाँ नगरी सडक संघर्षमा जानुपर्ने बैठकमा बताएका थिए । नेता थापाले असंवैधानिक कदम नसच्चिएसम्म चुनाव गर्ने बाटो नखुल्ने विचार राखेका थिए ।