पुस ९, काठमाडौ । चिनिया राजदूत होऊ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेकी छिन् । दुईबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा भेट भएको हो ।
उनीहरुबीच बिहान ९ बजेदेखि करिब आधा घण्टा कुराकानी भएको बताइएको छ । कुराकानीको विस्तृत विवरण प्राप्त हुन सकेको छैन । नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले दुई पक्षीय चासोका विषयमा छलफल भएको उल्लेख गरेका छन् । उनले पछिल्लो समय संसद बिघटन भएपछि भेटवार्तालाई बाक्लो बनाएकी छिन् ।