निर्मला हत्या प्रकरण : बन्दका कारण कञ्चनपुर अस्तव्यस्त, आन्दोलनकारीद्धारा सरकारी गाडी तोडफोड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन १६, मंगलबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

असोज १६,कञ्चनपुर । बन्द अवज्ञा गरेको भन्दै नेवि संघका कार्यकर्ताले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका छन् ।

उनीहरुले कार्यालयका कर्मचारीमाथिसमेत हातपात गरेका छन् । कुटपिटबाट चार जना घाइते भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

घाइते हुनेमा नायव सुब्बा कृष्णदत्त भट्ट, कार्यालय सहयोगी धनविर सिंह भाट, चालक यज्ञराज जोशी र डाटा इन्ट्री अपरेटर मञ्जु भट्ट छन् ।

यातायात तथा सरकारी कार्यालयहरु बन्द गराउँदै हिँडेका नेविसंघका कार्यकर्ताले सरकारी वकिलको कार्यालयमा रहेको बा २ झ २७५ नम्बरको गाडी, झ्याल, ढोका तथा कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर तोडफोड गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस