असार ३०, काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई तथा शुभकामना दिएका छन् । राजदूत क्वात्रा देउवा निवास बुढानीलकण्ठ पुगेर बधाइ दिएका हुन् ।
दूतावासका अनुसार बधाई ग्रहण गदै प्रधानमन्त्री देउवाले आफूले भारतको साथ मिलेर काम गर्न चाहेको र भारतको सदैव सहयोग रहने अपेक्षा गरिएको धारणा राखेका थिए ।