साउन १७, काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको भदौ १६ गते महाधिवेशन सुरु गर्ने अभिव्यक्तिले आफूलाई झस्काएको बताएका छन् ।
नेपाली कांग्रेस सिन्धुपाल्चोकले शनिबार राजधानीमाआयोजना गरेको नेपाली कांग्रेसको महाधिवेशन सुनिश्चितता र भावि नेतृत्व विषयकअन्तरक्रियामा नेता कोइरालाले तल्लो तहको अधिवेशन स्थगित गरेर निर्धारित समयमै महाधिवेशन उद्घाटन गर्छु भन्ने अभिव्यक्ति दिँदाआफू झस्किएको बताएका हुन् ।
अहिले पदावधी सकिंदा समेत तरुण दलमा तीनजना मात्र पदाधिकारी भएको सन्दर्भ जोड्दै कोइरालाले पार्टी महाधिवेशन पनि त्यस्तै हुने त होइन भन्ने चिन्ता व्यक्त गरे । डा। कोइरालाले पार्टीका सोझा कार्यकर्तालाई भुलभुलैयामा नराख्न नेतृत्वसँग आग्रह गरे ।