अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन प्रहरीलाई प्रधानमन्त्रीको सुझाव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन २०, बुधबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज २०, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन प्रहरीलाई सुझाव दिएका छन् ।

नेपाल प्रहरी अनुसन्धान कार्यमा कसैसँग सम्झौता नगर्ने संगठन, कुनै शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको उनको भनाइ छ ।

६६औं प्रहरी दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले भने, निष्पक्ष अनुसन्धान कानूनी राज्यका आधार हुन्, यसले पीडितलाई न्याय दिलाउनुका साथै दण्डहीनताको अन्त्य गर्नसक्छ, शक्तिबाट प्रभावित नभई निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने विश्वास लिएको छु ।’

उनले विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा संगठित एवं विद्युतीय सञ्जालमा आधारित भएर विश्वभरि फैलिएका अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन प्रहरीलाई सुझाव दिए । प्रहरी संगठनले थालेका सुधारात्मक प्रयासका रचनात्मक कार्यलाई सफल तुल्याई संस्थागत विकासमार्फत प्रभावकारी सेवा प्रवाह गर्न प्रधानमन्त्री देउवाले आग्रह गरे ।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा सुरक्षा निकायलाई सक्षम, निष्पक्ष, पारदर्शी र उत्तरदायी रुपमा सञ्चालन गर्दै सुरक्षा अंगको व्यावसायिकतामा जोड दिने कुरा समावेश गरिएको भन्दै उनले प्रहरीको मनोबल उच्च बनाउने र साधनस्रोत उपलब्ध गराउने कुरामा सरकार संवेदनशील रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस