मन्त्रीको नाम टुंग्याउन नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन २१, बिहिबार (३ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज २१, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दैछ । आज बिहान ११ बजे पार्टीको स्थायी कमिटी बैठक बस्न लागेको प्रवक्ता जग्गनाथ खतिवडाले जानकारी दिए ।

आजको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउनेछ । साथै मन्त्रालय भागबन्डामा पार्टिभित्र देखिएको असन्तुष्टिका बिषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।

एकीकृत समाजवादीले चारवटा मन्त्रालय र एक राज्यमन्त्री पाउने गठबन्धन दलमा सहमति भइसकेको छ । यद्यपि, दलहरुले अझै कुन कुन मन्त्रालय कसले लिने भन्ने टुंग्याउन सकेका छैनन् ।

मन्त्रालय कम र पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै भएकाले एकीकृत समाजवादीमा पनि मन्त्री टुंग्याउन कठिन देखिएको छ । यस्तै एकीकृत समाजवादी पार्टीभित्र मन्त्रालय भागबन्डाको विषयलाई लिएर असन्तुष्टि पनि देखिएको छ ।

‘स्वभाविक रुपमा जुन हिसाबले मन्त्रालय भागबन्डा भनिएको छ त्यसमा हाम्रो असन्तुष्टि रहेको छ,’ एकीकृत समाजवादीका एक नेताले भने, ‘यस विषयमा आजको स्थायी कमिटीको बैठकमा पनि छलफल होला ।’

ताजा अपडेट

खोजी गर्नुहोस