आश्विन २१,काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा सहभागी नहुने भएका छन् । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले आफू सरकारमा नजाने स्पष्ट पारेका हुन् । पार्टीको तर्फबाट सरकारमा मन्त्री पठाउने विषयमा मापदण्ड बनाउन आज बसेको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले आफू सरकारमा सहभागी नहुने र पार्टी सञ्चालनमा सक्रिय रहने जानकारी गराएको सो पार्टीका नेता रामसहाय यादवले बताए ।
कार्यकारिणी समिति सदस्य समेत रहेका नेता रामसहाय यादवले पार्टीका अन्य नेताको नेतृत्वमा सरकारमा पठाउने आफू सरकार बाहिर रहेर काम गर्ने प्रष्ट पारेको बताए । मधेश आन्दोलनपछि पार्टी जतिपटक सरकारमा सहभागी भयो त्यति पटक यादव आफ्नै नेतृत्व गरेर गएका थिए । जसपा नेपालले चारवटा मन्त्रालय पाएको छ । त्यसका लागि चारजना मन्त्रीको नाम चयन गर्नुपर्ने जिम्मेवारी पनि यादवको काँधमा छ । समावेशी, क्षेत्र, भूगोल, लिंग, पार्टीमा योगदानलगायतका विषयलाई ख्याल गरि मन्त्री छनौट गर्न बैठकले सुझाव दिएको छ ।