प्रदेश असफल भए गणतन्त्र संघीयता र सम्पूर्ण अधिकार असफल : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक २१, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कात्तिक २१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश असफल भयो भने गणतन्त्र संघीयता र सम्पूर्ण अधिकार असफल हुने बताएका छन् । उनले प्रदेश सरकारलाई प्रदेश सभालाई कसरी प्रभावकारी बनाउने भन्ने प्रश्न अहिलेको सबैभन्दा महत्वपूर्ण विषय भएको उनले बताए ।

गण्डकी प्रदेशको पोखरामा पत्रकारहरुसँग कुरा गर्दै नेकपाका अध्यक्ष प्रचण्डले स्थानीय सरकार गाउँविकास समितिको संरचना यस अघिको व्यवस्थामा पनि भएपनि प्रदेश सरकार नौलो भएकाले केही जटिलता सिर्जना भएको बताए ।

सिंहदरबारको अधिकार प्रदेशमा र स्थानीय तहमा पु¥याउनका लागि प्रदेशको व्यवस्था संविधानले गरेको भन्दै प्रचण्डले व्यवहारमा प्रदेश चाँही नचाहिँदो रुपमा थोपार्देको जस्तो हुनु गम्भीर रहेको बताए ।

प्रदेशले गति लिन नसक्नु आवश्यक कर्मचारी पाउन नसक्नु भवनहरु बन्न नसक्नुमा राजनीतिक नेतृत्व र स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रबीचको तादम्यता र एकरुपताको कमी भएको प्रचण्डको भनाइ छ ।

‘विश्वको इतिहासमा सिस्टम परिवर्तन भयो भने कर्मचारीतन्त्रको एउटा लेयर हटाइन्छ’ प्रचण्डले भने ‘ परिवर्तनलाई संस्थागत गर्न नयाँ सिस्टमप्रति लोयल भएका कर्मचारीलाई प्रमोट गरिन्छ तर हाम्रो देशमा यस्तो गरिँदैन जसले केही समस्या ल्याएको छ ।’

‘कुनै पनि आन्दोलन संघर्षपछि नयाँ व्यवस्था आएपनि ‘व्यूरोक्रेसि’ पुरानै रहन्छ । जसले नयाँ परिवर्तनलाई स्वीकारी सकेको हुँदैन र त्यसले नेतालाई पनि आफू जस्तै बनाउँछ जसले गर्दा समस्या आउँछ’ प्रचण्डले भने ।

संघीयता कार्यन्वयनका लागि आवश्यक कर्मचारी सिंहदरबार छोडेर तल जान नचाहने र सरकारले त्यससँग सम्झौता गर्न नसक्ने भएका कारण केही समस्या देखिएको प्रचण्डको भनाइ थियो

ताजा अपडेट

खोजी गर्नुहोस