नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष १९, सोमबार (३ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

पुस १९, काठमाडौं । काठमाण्डौ नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ ।

आईसीसी पुरुष टी–२० विश्व कपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु भएको हो ।

प्रशिक्षण त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति भएपछि प्रशिक्षण सुरु भएको हो ।

यसअघि क्यानले हिजोदेखि नै प्रशिक्षण सुरु गर्ने निर्णय गरे पनि कारबाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीसहित १४ खेलाडीले रिपोर्टिङ गरेका थिएनन्।

क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने जनाएको छ ।

कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई नै दिने विषयमा भने थप छलफल गर्नुपर्ने क्यानका पदाधिकारीले बताएका छन् ।

ताजा अपडेट

१६ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस