‘जिस्म २’ मा अर्चनाको रिप्लेश गर्दै रेजीना

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ कार्तिक २८, बुधबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कात्तिक २८, काठमाडौं । नेपाली कथानक चलचित्र ‘जिस्म २’ निर्माण हुने भएको छ ।

राजु गिरी प्रोडक्सनले निर्माण गर्न लागेको उक्त चलचित्रमा निर्देशन राजु गिरीकै लगानी रहेको छ भने यो पटक चलचित्रको निर्देशन भने अर्का निर्देशक सचिन्द्र परियारले गरेका छन् । गिरीकै निर्देशनमा यसअघि जिस्म निर्माण भएको थियो ।

चलचित्र निर्देशक गिरीले यसअघि नै आफुले अब ग्लामर चलचित्र निर्माण नगर्ने बताएका थिए । उनी भन्छन्, मैले यसअघि नै ग्ल्यामर चलचित्र निर्माण गर्दिन भनेको थिएँ, त्यसैले पनि मैले यसको निर्देशन सचिन्द्र जीलाई दिएको हुँ ।

यस चलचित्रमा नृत्यमा अनिल राई रहेका छन् भने क्यामेरामा सुरज कुमार रहेका छन् । त्यस्तै चलचित्रमा योगेश काजीको संगीत रहनुका साथै नयाँ कलाकारहरु रमेश विश्वकर्मा र रेजीना भण्डारी मूख्य भुमिकामा छन् ।

अनलाईनकेन्द्रसँग बोल्दै, निर्माता गिरी भन्छन्, जिस्मभन्दा यो चलचित्र निकै नै राम्रो रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस