निर्माण व्यवसायी महासंघ निर्वाचन: वर्तमान अध्यक्ष रवि सिंहको प्यानल घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन २९, आईतबार (३ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

फागुन २९,काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघको निर्वाचनका लागि वर्तमान अध्यक्ष रवि सिंहको प्यानल घोषणा भएको छ। आइतबार बिहान हुने निर्वाचनका लागि अध्यक्ष पदका उमेदवार सिंहले प्यानल घोषणा गरेका हुन्।

सिंहको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा इन्जिनिरय आङ दोर्जी लामा९एडि०, एसोसिएट उपाध्यक्ष अच्युतप्रसाद खरेल छन्। यस्तै १ नम्बर प्रदेश उपाध्यक्षमा दीपक गौतम, मधेश प्रदेशबाट शम्भु ठाकुर, बागमती प्रदेशबाट पञ्चराम तामाङ९पदम०, लुम्बिनी प्रदेशबाट मेघजंग शाह, कर्णाली प्रदेशबाट रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट प्रकाश सेठ्ठी रहेका छन्।

शम्भु ठाकुर, रत्न बहादुर खड्का र प्रकाश सेठ्ठी महासंघको उपाध्यक्ष पदका लागि निर्विरोध निर्वाचित भइसकेका छन्। सिंहको प्यानलबाट महासचिवमा वर्तमान महासचिव रोशन दाहाल, उपमहासचिव नीतिगततर्फ शिवहरि घिमिरे, उपमहासचिव आन्तरिकतर्फ बालाजु श्रेष्ठ छन्।

कोषाध्यक्षमा अमरबहादुर विष्ट र सह कोषाध्यक्षमा सन्तोष शाहले उम्मेदवारी दिएका छन्। महासचिव पदमा उमेदवारी दिएका रोशन दाहाल पनि महासंघका वर्तमान महासचिव हुन्। उनीहरु दुवैले आफ्नो कार्यकालमा भएका केही काम पूरा नभएकाले आफूहरू पुनस् दोहोरिन चाहेको बताएका छन्।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टंक दुलालका अनुसार महासंघको अध्यक्षका लागि सिंहसहित वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र होमनाथ कोइरालाले लागि उम्मेदवारी दर्ता गराएका छन्। महासंघको पूर्ण समितिमा ५९ सदस्य हुने भए पनि हाल ४६ सदस्यका लागि मात्र निर्वाचन हुन लागेको छ।

अन्य सदस्यहरू मनोनित र पदेन हुने व्यवस्था छ। मतदाता संख्या १ हजार १ सय ९८ रहेको निर्वाचन समितिले जानकारी दिएको छ। शुक्रबार सुरु भएको महासंघको २३ औं साधारणसभा तथा १२ औं अधिवेशन आइतबारसम्म चल्नेछ।

देशका ७७ जिल्लाबाटै निर्माण व्यवसायीसम्बद्ध प्रतिनिधिहरू नयाँ नेतृत्व छान्नका लागि काठमाडौंमा जम्मा भएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस