भक्तपुर उद्योग बाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र १, मंगलबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र १,भक्तपुर । भक्तपुर उद्योग बाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सहकार्य सम्झौता सम्पन्न भएको छ । सो अवसरमा “उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा‭” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।‬‬‬

संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सहभागीलाई स्वागत गर्दै बीमाको अपरिहार्यताको बारेमा स्पष्ट पारेका थिए ।

सोही कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहाद’र खत्रीले भक्तपुर क्षेत्रका ब्यवसायीसंग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक डोरेन्द्र राज दाहालले आजको वदलिदो परिस्थितमा बीमाको अपरीहार्यताको बारेमा प्रकाश पार्दै बीमा गर्ने समयमा नै पर्याप्त छलफल गर्न सकेपछि दावीको अवस्थामा कुनै समस्या नहुने बताए । उक्त कार्यक्रमका संयोजक तथा संघका महासचिव दिनेश गाेंसाइले कार्यक्रमको औचित्य र बीमाको महत्वको बारेमा प्रष्ट पारेका थिए भने संघका बरिष्ठ उपाध्यक्ष रोशनी मैयां धौवन्जाले बीमाको अपरिहार्यताको बारेमा जानकारी दिए ।

सोही अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खत्री र भक्तप्र उद्योग बाणिज्य संघको अध्यक्ष शिव प्रसाद मानन्धरले बीमा सेवा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस