थ्री गर्जेजले पश्चिम सेती जलविद्युत आयोजना अघि बढाउन नसक्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र १३, बुधबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र १३,काठमाडौँ । चिनियाँ कम्पनी थ्री गर्जेजले तत्काल पश्चिम सेती जलविद्युत आयोजना कार्यान्वयन अघि बढाउन नसक्ने जनाएको छ ।

हिजो र आजको बैठकमा उसले प्राविधिक समस्या, पीपीए, पुनर्वास ,पुनस्स्थापनालगायतका कारण आयोजना आर्थिक रुपले सम्भाव्य नरहेको जानकारी दिएको छ ।

लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीका अनुसार उनीहरुले ट्रान्समिसन लगायतका विषयमा पनि काम गर्न नसकिने जनाएका थिए । अब थ्री गर्जेजलाई नै आयोजना दिने वा सम्झौता तोड्ने निर्णय बोर्ड बैठकले नै गर्ने उनले जानकारी दिए ।

आयोजनाको बिजुली किन्दा नेपाल विद्युत प्राधिकरणले दिने दर कम भएको, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको पुनर्वास र मुआब्जा लगायतका प्राविधिक कारण देखाउँदै उसले आयोजना तत्काल संभव नभएको बताएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणले जलाशययुक्त आयोजनाको बिजुलीको दर हिउँदमा प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र वर्षायाममा ७ रुपैयाँ १० पैसा तोकेको छ । यो रकम कम भएको थ्री गर्जेजको भनाइ छ । नेपाल विद्युत प्राधिकरण र थ्री गर्जेजको संयुक्त लगानीमा यो आयोजना बनाउने सहमति भएको थियो ।

अब यो प्रोजेक्ट कसरी अघि बढाउने भन्ने विषय बोर्डमै लैजाने तयारी भएको अधिकारीले जानकारी दिनुभयो । नेपाली टोलीले वार्तामा ७५० मेगावाट क्षमतालाई ६०० मेगावाटमा झारेर भए पनि तत्काल काम अघि बढाउन आग्रह गरेको थियो, तर उनीहरुले तत्काल सम्भव नभएको बताएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस