पाँच लाख मागे, पाँच हजार दिन्छु भन्दा मोसो दले : कंसाकार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष २०, शुक्रबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

पौष २०, काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले पाँच लाख माग्दा नदिँदा आफूलाई मोसो दलिएको बताएका छन्।

शुक्रबार अपरान्ह ४ बजे मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का कार्यकर्ताले मागेको पैसा नदिँदा मोसो दलेको उनको भनाइ छ।
कंसाकारकाले वैद्य समूहका दुईजना कार्यकर्ताले कार्यालयभित्रै मागेको पैसा दिन नसक्दा मोसो दलेको स्वीकार गरे ।

‘शुक्रबार पार्टीको कार्यक्रमका लागि पाँच लाख रुपैयाँ चाहियो भन्दै दुईजना कार्यालयमै आएका थिए’, कंसाकारले भने, ‘मैले पाँच लाख त हैन मेरो गोजीमा पाँच हजार छ त्यही दिन्छु भनेको थिएँ। त्यसपछि कालो मसी छर्किएर भागे।’

गार्डले समाउन खोज्दासमेत उनीहरु उम्किएको कंसाकारको भनाइ छ।

निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै क्रान्तिकारी माओवादी निकट युवा लिगका सदस्यले कंसाकारलाई कार्यकक्षमै पुगेर मोसो दलेका हुन्।

 

ताजा अपडेट

खोजी गर्नुहोस