स्थानीय तहमा साढे ३ अर्ब हस्तान्तरण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ १४, सोमबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौं । संघीय सरकारले पुसमा तीन अर्ब ६३ करोड रुपैयाँ स्थानीय तहलाई हस्तान्तरण गरेको छ । यो रकम राजस्व बाँडफाँट शीर्षकअन्तर्गत कर र आन्तरिक अन्तः शूल्कबाट तल्लो तहलाई रकम दिएको छ ।

संघीय सरकारले साउन र भदौमा संकलन गरेको ती दुई शीर्षकको राजस्व संवैधानिक व्यवस्थाबमोजिम प्रदेश र स्थानीय तहको सञ्चित कोषमा हस्तान्तरण गरिएको सहमहालेखा नियन्त्रक जगन्नाथ देवकोटाले जानकारी दिए ।

देवकोटाका अनुसार चालु वर्षको पहिलो दुई महिनाको राजस्वबाट तल्लो तहलाई तीन अर्ब ६३ करोड रुपैयाँ हस्सतान्तरण भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस