माघ १४, काठमाडौं । होटल तथा रेष्टुरेण्टले लिँदै आएको दश प्रतिशत सेवा शुल्क हटाएका छन् ।
रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेबानको काठमाडौंमा बसेको बैठकले सेवा शुल्क बापत लिँदै आएको रकम नलिने निर्णय गरेका हुन् ।
रेबानको काठमाडौं, पोखरा र सौराहा शाखको संयुक्त बैठकले सेवा शुल्क नलिने निर्णय भएको केन्द्रीय अध्यक्ष प्रमोद कुमार जैसवालले जानकारी दिए ।
होटल तथा रेष्टुरेण्टले सेवाबापत १३ प्रतिशत भ्याटसहित सेवा शुल्क समेत लिँदै आएका थिए ।