एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ १८, शुक्रबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाडौं । एनसेलका ग्राहकले भ्यालेन्टाइन सिजनमा सुलभ दरमा कुराकानी गर्न पाउने भएका छन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागी भ्यालेन्टाइन अफर ल्याएको हो।

जसअन्तर्गत ग्राहकले आफुले छानेको एउटा विषेश एनसेल नम्बरमा मात्र ५० पैसा (कर सहित ६४ पैसा) प्रतिमिनेटका दरले कुरा गर्न सक्नेछन्।

यो भ्यालेनटाइन अफर यहि शुक्रबार (माघ १८) बाट लागु हुनेछ । अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग बिना कुनै शुल्क पेयर गरी मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटमा फेब्रुवरी महिना भर (माघ १८ देखि फागुन १६ गते) कुरा गर्न सक्नेछन् ।

यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउने छन् । यसरी प्राप्त निःशुल्क एसएमएस पेयर गरीएको नम्बरमा सन्देशहरु पठाउन प्रयोग गर्न सकिनेछ ।

ग्राहकले एस्ट्रिक्स् १७१०६ एस्ट्रिक्स् पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले सिधै १७१०६ डायल गरेर पनि अफर सुचारु गरी आफुले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् । साथै उनीहरुले एनसेल एपबाट पनि यो सेवा सहजै सुचारु गर्न सक्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस