सिक्टा सिँचाइमा अनियमितताः कार्कीले बुझाए १ करोड १० लाख धरौटी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ २९, मंगलबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाडौं । सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार आरोपमा मुछिएका तत्कालीन आयोजना प्रमुख दिलीपबहादुर कार्कीसँग विशेष अदालतले १ करोड १० लाख रुपैयाँ धरौटी माग गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माणसँग जोडिएको २१ जनाविरुद्ध दुई महिनाअघि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले मागेको धरौटीबापत १ करोड १० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएर कार्की थुनामुक्त भएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस