प्रत्येक जनतालाई जलविद्युत आयोजनाको सेयरधनी बनाउने सरकारको योजना

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन २, बिहिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फागुन १,काठमाडौँ । सरकारले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गरेको छ । यो कार्यक्रमले सबै नेपालीलाई जलविद्युत आयोजनाको सेयरधनी बनाउने सरकारको दाबी छ ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते पहिलो सेयर आफूले किन्ने बताए ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षामान पुनले जलविद्युत आयोजनामा सर्वसाधारणलाई पनि लगानीको अवसर दिन यो कार्यक्रम अघि बढाइएको बताए । स्वदेशका साथै विदेशमा रहेका नेपालीलाई पनि लगानीको अवसर प्रदान गर्ने मन्त्रालयको योजना छ ।

६ प्रदेशका १९ आयोजना

‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम अन्तर्गत पहिलो चरणमा १९ वटा आयोजनालाई लगानी जुटाईंदैछ । सबै आयोजनाको कूल क्षमता ३ हजार ४ सय ७९ मेगावाट छ ।

प्रदेश १ का अपर अरुण (७२५ मेगावाट), किमाथांका अरुण (४८२), अरुण–४ (३७२ मेगावाट), इखुवा (३० मेगावाट) घुन्सा खोला (७२ मेगावाट), सिम्बुवा खोला (७० मेगावाट) समावेश छन् ।

प्रदेश नम्बर ३ बाट तामाकोशी–५ (९६ मेगावाट) र त्रिशुली–३बी (३६ मेगावाट) रहेका छन् भने गण्डकी प्रदेश बुढीगण्डकी प्रोक–२ (२४० मेगावाट), बुढीगण्डकी प्रोक–१ (१०० मेगावाट), बुढीगण्डकी ग्वारखोला (६० मेगावाट) र बुढीगण्डकी (क) (७५ मेगावाट) छन् ।

प्रदेश नम्बर ५ बाट भेरी बबई डाईभर्सन (४८ मेगावाट) को जम्मा एउटा आयोजना छ भने कर्णाली प्रदेशबाट फुकोट कर्णाली (४९२ मेगावाट) जगदुल्ला–१ (९२ मेगावाट), जगदुल्ला–२ (६५ मेगावाट) तथा सुदूरपश्चिम प्रदेशबाट चैनपुर सेती (२१ मेगावाट), सेती नदी–३ (१६३ मेगावाट) र अपर सेती (५० मेगावाट) समावेश छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस