स्पर्श लघुवित्तलाई पौने ३ करोड बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन ३, शुक्रबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फागुन ३,काठमाडौँ । नेपाल धितोपत्र बोर्डले स्पर्श लघुवित्त वित्तीय संस्थालाई रु दुई करोड ६९ लाख ६३ हजार बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ ।

बोर्डले आज सो संस्थालाई दुई लाख ६९ हजार ६३० कित्ता शेयर बिक्रीका लागि अनुमति दिएको हो । सो संस्थाको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई तोकेको छ ।

संस्थाले रु १०० दरका साधारण शेयर बिक्री गर्नेछ । बोर्डले चालू आवको हालसम्म कूल १५ संस्थालाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । केही दिनपहिले मात्रै बोर्डले माउण्टेन हाइड्रो नेपालाई साधारण शेयर बिक्रीको अनुमति दिएको थियो ।

सो कम्पनीले १८ लाख १६ हजार ११० कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्नेछ । स्थानीयवासीलाई बिक्री गर्दा बाँकी रहेको पाँच लाख ६६ हजार ११० कित्ता शेयरसमेत सर्वसाधारणलाई बिक्री गर्ने गरी अनुमति दिइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस