जनता बैंक र मेडिसिटी अस्पताल बिच स्वास्थ्य सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन ३, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुन ३,काठमाडौँ । जनता बैंक नेपाल लिमिटेड र मेडिसिटी अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहक वर्गलाई उपचार खर्चमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालको तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार जनता बैंकका कर्मचारी र जनता बैंकको डेविटरक्रेडिट कार्ड प्रयोगकर्ताहरुले भैँसेपाटी स्थित मेडिसिटी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस