वाइड बडी खरिद प्रकरण : निगमका पदाधिकारी तथा कर्मचारीसँग बयान लिने तयारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन ६, सोमबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फागुन ६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइड बडी खरिद प्रकरणमा जोडिएका पदाधिकारी तथा कर्मचारीसँग बयान लिने तयारी गरेको छ।

संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले दुइटा वाइडबडी विमान किन्दा चार अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकाल्दै छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो।

सोहीअनुसार आयोगले एक महिनादेखि विस्तृत छानबिन गरिरहेको छ। आयोगका एक अधिकारीका अनुसार अख्तियाले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समूह गठन गरेर विस्तृत अध्ययन गरिरहेको छ।
एक महिनाको अवधिमा निगमले पठाएको कागजपत्र अध्ययन गरिसकेको छ।

जिगमबाट थप कागजपत्र र निगमबाहेकका अन्य निकायबाट पनि प्राविधिक जानकारी माग गरेको छ।

योसँगै आयोगले वाइडबडी प्रकरणमा जोडिएको पदाधिकारी तथा कर्मचारीको बयान लिने तयारी गरिरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस