मौद्रिक नीतिको समीक्षा गरेको भोलिपल्टै सेयर बजारमा हरियाली !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन ७, मंगलबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेको भोलि पल्टै सेयर बजारमा हरियाली देखिएको छ ।

निरन्तर ओरालो लागिरहेको सेयर बजारमा सोमबार राति राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै मंगलबार २२ अंक भन्दा बढीले सुधार देखिएको हो ।

मंगलबार सेयर बजार २२ दशमलव ४४ अंकले बढ्दा नेप्से परिसूचक १ हजार १ हजार १ सय २४ दशमलव ९६ को विन्दुमा उक्लेको छ । दिनभर तीव्र उचारचढाव देखिएको सेयर बजारका सबै समूहहरु बढेर हरियाली देखिएका छन् ।

दिनभर भएका ४ हजार ५ सय ६८ कारोबारबाट १ सय ६७ कम्पनीका ७ लाख १४ हजार ८ सय ७६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २१ करोड ४५ लाख ८८ हजार ६ सय १९ रुपैयाँ पुगेको छ ।

कारोबार रकमका आधारमा मंगलबार माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अग्रस्थानमा देखिएको छ । माथिल्लो तामाकोशीको १ करोड २७ लाख ९३ हजार ८ सय ३० रुपैयाँको कारोबार भएको छ । यसको मंगलबारको सेयर मूल्य २ सय ३२ रुपैयाँ रहेको छ ।

कारोबार रकमका आधारमा दोस्रो स्थानमा नागरिक लगानी कोष देखिएको छ । कोषको ९७ लाख १९ हजार ६ सय ९० रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार धेरै कमाउनेहरुमा जीवन बीमा कम्पनीका लगानीकर्ताहरु देखिएका छन् । जीवन बीमाको सबैभन्दा धेरै २ सय ५१ दशमलव ७३ अंकले बढेको छ । जीवन बीमा पछि निर्जिवन बीमाका लगानीकर्ताहरुले धेरै कमाएका छन् ।

यस समूह १ सय ५३ दशमलव ९३ अ।कले बढ्दा फाइनान्स समूह भने स्थिर देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस