७५३ वटै स्थानीय तहका लागि रोजगार संयोजक छनोट (नतिजासहित)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन १३, सोमबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

फागुन १३,काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहहरुमा रोजगार संयोजक नियुक्त गरेको छ ।

पहिलो पटक कम्प्युटर प्रणालीबाट परीक्षा लिएर मन्त्रालयले सबै तहका लागि रोजगार संयोजक छनोट गरेको हो । यस अघि मन्त्रालयले ७५३ तहका लागि प्रतितह ९अधिकृत र नासुसरह० ३ जनाका दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिष्ट गरेको थियो ।

सर्टलिष्टमा परेकाहरुलाई कम्प्युटर स्कील परीक्षा लिएर परिक्षा लिई मन्त्रालयले आज नतिजा सार्वजनिक गरेको हो । मन्त्रालयले गत ११ र १२ गते पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर स्कील परीक्षा लिएको थियो ।

रोजगार संयोजकका लागि रोजगार संयोजकका लागि जम्मा २३ हजार ९ सय ६८ जनाको आवेदन परेको थियो । नियुक्त भएकाहरुलाई अब मन्त्रालयले स्थानीय तहहरुमा खटाउने छ ।

हरेका पालिकाका प्रशासकीय अधिकृत मातहतमा रहेर उनीहरुले बेरोजगारहरुको तथ्यांक संकलनका साथै रोजगारीका विषयमा परामर्श दिने मन्त्रालयले जनाएको छ ।

नतिजा हेर्न यहाँ  क्लिक गर्नुहोस् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस