जेठ २१,धादिङ । आगामी आर्थिक बर्ष २०७६/७७ का को बजेट सिलिङमा धादिङको निलकण्ठ नगरपालिकालाई सबैभन्दा बढी बजेट परेको छ भने सबैभन्दा कम बजेट रुवीभ्याली गाँउपालिकालाई परेको छ ।
जसमा निलकण्ठ नगरपालिकालाई ५३ करोड ८८ लाख बजेट विनियोजन गरिएको छ । धुनिवेशी नगरपालिकालाई २९ करोड ५७ लाख, खनियावास गाँउपालिकालाई १६ करोड ८८ लाख, गंगाजमुना गाँउपालिकालाई २६ करोड ९५ लाख,गजुरी गाँउपालिकालाई २७ करोड ५१ लाख, गल्छी गाँउपालिकालाई २६ करोड २६ लाख,ज्वालामुखी गाँउपालिकालाई २७ करोड ५८ लाख, त्रिपुरासुन्दरी गाँउपालिकालाई २९ करोड ७८ लाख, थाक्रे गाँउपालिकालाई ३१ करोड २५ लाख, नेत्रावती गाँउपालिकालाई १७ करोड ७१ लाख, बेनिघाट रोराङ गाँउपालिकालाई ३३ करोड ९६ लाख बजेट विनियोजन गरिएको छ । जुन रकम शसर्त अनुदान र समपुरक अनुदानको कुल रकम रहेको छ ।