असार ६,काठमाडौँ । नेपाली बजारमा सुनको भाउ इतिहासकै महंगो भएको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ६५ हजार रुपैयाँ तोकिएकोे नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । छापावाल सुनको भाउ हिजो ६४ हजार रुपैयाँ निर्धारण भएको थियो । त्यस्तै तेजावी सुनको भाउ ६४ हजार ७ सय तोकिएको छ ।
अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ बढेकाले नेपालमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ बढेकाले तोलाको ७ सय ४० रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि २०७० साल भदौ १२ गते र २०७५ फागुन ८ गते नेपालमा सुनको मूल्य प्रतितोला ६३ हजार ३०० रुपैयाँ पुगेको थियो । त्यसपछि हिजो बिहीबार नेपाली बजारमा सुनको भाउ ६४ हजार पुगेको थियो ।