निगमले तिर्न सकेन किस्ता, २ अर्ब ९६ करोड बुझाउन बाँकी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ ११, बुधबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार ११,काठमाडौँ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३२ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन ।

निगमले दुवै कोषलाई तीन महिने किस्ताअन्तर्गत असार, असोज, पुस र चैतमा १ अर्ब १३ करोडका दरले चार किस्तामा ४ अर्ब ५२ करोड रकम तिर्नुपर्छ । पुषयता निगमले यी दुवै निकायलाई किस्ताबापत २ अर्ब ९६ करोड रुपैयाँ तिर्न नसकेको हो ।

निगमको अर्थ विभागले असार मसान्तभित्र बुझाउनुपर्ने किस्ता पनि तिर्न नसकिने जनाएको छ । अर्थ विभागका एक अधिकारीले कान्तिपुरसँग भने,‘अर्थ मन्त्रालयसँग २० अर्ब रुपैयाँ पायौं भने अहिलेलाई पुषयता तिर्न बाँकी किस्ताका लागि राहत होला ।’

ताजा अपडेट

खोजी गर्नुहोस