बैँकहरुलाई गभर्नरको निर्देशन : ‘१५ दिनभित्र को–को कुन–कुनमा मर्ज हुने हो विचार गरिहाल्नुस्’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ १२, बिहिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार १२,काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आउनु अघि नै मर्जरको निर्णय गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । २८ वटै वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिका अध्यक्षहरुलाई डाकेर राष्ट्र बैंकले मर्जर हुने संस्थाको बारेमा १५ दिनभित्रै जानकारी गराउन निर्देशन दिएको हो ।

राष्ट्रबैंकका गभर्नर चिरिञ्जिवी नेपालले बैंकहरुबीचको अस्वस्थ प्रतिस्पर्धा हटाउन पनि मर्जर आवश्यक रहेको तर यसको निर्णय छिटो लिन बैंकहरुलाई निर्देशन दिए।

राष्ट्रबैंकले पछिल्लो समय खराब कर्जा बढेको, बैंकहरुले स्प्रेडदर र आधारदर पालना नगरेको, सुशासनको उल्लंघन भैरहेको निष्कर्ष निकाल्दै मर्जरलाई महत्व दिन पनि बैंकहरुको ध्यानाकर्षण गराएको हो । राष्ट्रबैंकले असार २७ गते मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । ‘तपाईहरुलाई मैले विगतमा पनि भन्दै आएको छु’ मर्जरका लागि तयार हुनुहोस्’ गभर्नर नेपालको भनाईलाई उदृत गर्दै एक बैंकका अध्यक्षले भने, ‘अब मौद्रिक नीति आउन १५ दिन बाँकी छ, १५ दिनभित्र को–को कुन–कुनमा मर्ज हुने हो विचार गरिहाल्नुस् ।’

ताजा अपडेट

खोजी गर्नुहोस