शेयर बजार अपडेट: १७ अङ्कको गिरावट,३ अर्ब ३६ करोडको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र १, मंगलबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र १,काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १७ अङ्कभन्दा धेरैले घटेको छ । नेप्से आज १७ दशमलव १५ अङ्कले घटेर दुई हजार ६ सय ५० दशमलव ९७ विन्दुमा झरेको छ ।

आज होटल, बीमा र म्युचुल फन्डबाहेक अरू सबै कम्पनीको शेयर घटेको छ । यस्तै दुई सय २९ वटा कम्पनीका ६५ लाख २९ हजार कित्ता शेयर ३ अर्ब ३६ करोड ४२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ३४ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घट्दा पनि इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले तथा सगरमाथा इन्सोरेन्स र सोल्टी होटलको शेयर साढे ६ प्रतिशतले बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस