आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० आश्विन ३, बुधबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज २, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा कायम गरिएको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ३१ पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९१ पैसा र बिक्री दर १६५ रुपैयाँ ६६ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.९१ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.३ रुपैयाँ, क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ ९७ पैसा, बिक्रीदर ९९ रुपैयाँ ४१ पैसा कायम गरिएको छ।

जापानिज येन १० को खरिदमा रुपैयाँ पैसा र बिक्रीदर ९ रुपैयाँ ४ पैसामा खरिदबिक्री हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर १० रूपैयाँ ७ पैसा कायम भएको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा कायम रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ र बिक्री दर ३५.६० रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस