शेयर बजार राताम्मे

नेप्से सूचक ७ अंकले घट्यो !

तीन लघुवित्तको मूल्यमा सर्किट
  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २०, बिहिबार (२ हप्ता अघि)
  • ९३ पटक पढिएको
नेप्से सूचक ७ अंकले घट्यो !

बैशाख २०, काठमाडौँ ।  नेप्से सूचक आज ७ अंकमाथिले घट्दै बन्द भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ७.३१ अंकले घट्दै १९ सय ९८.९६ अंकमा झरेको हो ।

अघिल्लो तीन दिन खुलेको बजारमा नेप्से सूचक ४० अंकले बढेको थियो । तथापि, ७ अंकमाथिले नेप्से सूचक घटेको यस दिन पनि झण्डै सवा ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबार माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । डेभलपमेन्ट बैंक समूह २.०३ प्रतिशतले घट्दा हाइड्रोपावर समूह १.११ प्रतिशतले घटेको छ । अरु उपसमूहको उपसूचक १ प्रतिशत कमले घटेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस