आइएमई लाइफको सर्वाधिक कारोबार

शेयर बजार : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २०, बिहिबार (२ हप्ता अघि)
  • ९० पटक पढिएको
शेयर बजार : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

बैशाख २०, काठमाण्डौँ । आज आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २८ करोड ७७ लाख बढीको सेयर कारोबार भयो । आज पोखरा फाइनान्सको २१ करोड ७८ लाख,गोर्खाज फाइनान्स १५ करोड ८० लाख,शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १३ करोड १७ लाख र नेपाल फाइनान्सको १० करोड ५६ लाख बढीको सेयर कारोबार भयो ।

आज ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज समता घरेलु लघुवित्त,इन्फिनिटी लघुवित्त र साधना लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।

त्यस्तै विजया लघुवित्तको सेयरमूल्य ९.७१ प्रतिशत,आरएसडीसी लघुवित्त ८.७१ र जनउत्थान सामूदायिक लघुवित्तको सेयरमूल्य ८.३७ प्रतिशतले वृद्धि भएको छ ।

आज पिपुल्स पावर कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यो कम्पनीको सेयरमूल्य ८.२१ प्रतिशतले घटेको आज ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.१०,सिन्धु विकास बैंकको ४.७४ र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.१४ प्रतिशतले घट्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस