सुनको मूल्य

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २५, मंगलबार (१ हप्ता अघि)
  • ८७ पटक पढिएको
सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

बैशाख २५, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० ले घटेर १ लाख ३४ हजार ४०० मा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ६०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्यमा भने वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस