कुल गार्हस्थ उत्पादन

जीडीपीमा बागमती प्रदेशको हिस्सा सर्वाधिक !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १०, बिहिबार (३ हप्ता अघि)
  • ६९ पटक पढिएको
जीडीपीमा बागमती प्रदेशको हिस्सा सर्वाधिक !

जेठ १०, काठमाडौँ । देशको राष्ट्रिय कुल गार्हस्थ उत्पादन जीडीपीमा बागमती प्रदेश योगदान सर्वाधिक हुने प्रारम्भिक अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०र८१ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनमा अनुमानसम्वन्धी सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो ।

चालु आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ५७ खर्ब ५ अर्ब हुने अनुमान गरेको छ । त्यसमा बागमती प्रदेशको योगदान ३६।४ प्रतिशत हुने उल्लेख छ । सो प्रदेशको अर्थतन्त्रको आकार भने २० खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ ।

कार्यालयका अनुसार अर्थतन्त्रमा दोस्रो धेरै योगदान कोशी प्रदेश रहेको छ । कोशी प्रदेशको हिस्सा १५.८ प्रतिशत छ भने अर्थतन्त्रको आकार ९ खर्ब ३ अर्ब रुपैयाँ रहेको छ ।

यस्तै, अर्थतन्त्रमा लुम्बिनी प्रदेशको १४.३ प्रतिशत रहेको कार्यालयले जनाएको छ । लुम्बिनीको अर्थतन्त्रको आकार भने ८ खर्ब १४ अर्ब छ । त्यसैगरि मधेश प्रदेशको १३.१ प्रतिशत, गण्डकी प्रदेशको ९.१ प्रतिशत, सुदूर पश्चिम प्रदेशको ७.१ प्रतिशत रहने छ । कार्यालयका अनुसार यी प्रदेशहरुको अर्थतन्त्रको आकार क्रमशः ७ खर्ब ४८ अर्ब, ५ खर्ब १७ अर्ब, ४ खर्ब ४ अर्ब अर्ब रहने कार्यालयले जनाएको छ । चालु आवको सबैभन्दा हिस्सा कर्णाली प्रदेशको देखिएको छ । कर्णाली प्रदेशको ४.३ प्रतिशत योगदान रहने अनुमान छ, जसको अर्थतन्त्रको आकार २ खर्ब ४४ अर्ब छ ।

ताजा अपडेट

खोजी गर्नुहोस