लकडाउन समयमा आफ्नो बालबालिकाको सिर्जनात्मक प्रतिभालाई कसरि प्रस्तुत गराउने ?

Post Thumbnail

देवकी पौडेल

अहिले विश्व कोराना भाइरस (कोभिड-१९)को महामारीबाट आक्रान्त छ । २०१९ डिसेम्बर ३१ मा चीनको वुहानमा पत्ता लागेको यस भाइरसका कारण करिब दुई सय भन्दा धेरै देशका १७ लाख भन्दा बढी मानिसहरू संक्रमित छन् भने एक लाख भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

नेपालमा हालसम्म ९ जना संक्रमित को पुष्टि भइसकेको छ। यो संख्यामा अझै वृद्धि हुने अनुमान पनि गरिएको छ । हालसम्म यस महामारीबाट बच्न कुनै खोप वा औषधी पत्ता लागेको पनि छैन, छ त केबल कसरी रोग सर्नबाट बच्ने भन्ने उपायहरू मात्र ।यो भयावह परिस्थितिबाट पार पाउनका लागि विश्व संघर्षरत छ।
सोही प्रयास अनुसार विश्वका धेरैजसो मुलुकहरूले आ-आफ्नो देशभित्र कुनैपनि देशबाट आवतजावत गर्न बन्द गरेका छन्। सवारी साधन ठप्प छन्। घरभित्रै बस्ने, भीडभाड हुने स्थानमा नजाने गरी सामाजिक दूरी कायम राख्ने र संक्रमणको जोखिमबाट सुरक्षित हुन ’लकडाउन’ (मानिसहरुको आवतजावतलाई निषेध) गरेका छन्।
लकडाउनको अर्थ हो घरबाट बाहिर ननिस्कौं र घरमै सुरक्षित बसौँ। यो सबैका लागि लागू हुन्छ– साना, ठूला, बालबालिका, महिला, पुरुष, वृद्ध वा जो कोही। जसले गर्दा दिनभरी विद्यालय गएर अध्ययन गर्ने बालबालिका अहिले दिनभर घरमै बसिरहेका छन्। हामी अभिभावकले ती बालबालिकाहरू के गरिरहेका छन उनीहरूको समय के गरी बितिरहेका छ आदि जस्ता विषयमा चासो राखी उनीहरूलाई सिकाइमा संलग्न गराउनु पर्ने हुन्छ । बालबालिका भनेका कुमालेले बनाउने माटोको भाँडा जस्तै हुन्छन् । उनीहरुलाई कस्तो बनाउने, कस्तो व्यवहार सिकाउने भन्नेमा अभिभावक र विद्यालयकै मुख्य भूमिका हुन्छ । बालबालिकाको स्वभाव भनेकै चकचके र नयाँ कुरा सिक्ने प्रवृत्तिको हुन्छ । केही नयाँ कुरा थाहा पाए भने त्यस प्रति उनीहरुको उत्सुकता अझै बढ्छ ।विद्यालय खुल्दा त उनीहरुको जीवनशैली व्यस्त हुन्छ । जब लामो समय विद्यालय बिदा हुन्छ तब उनीहरुलाई कसरी राख्ने भन्ने कुरामा चिन्तित भएका हुन्छन् अभिभाबकहरु ।

अहिले कामकाजी आमाबुबाहरु व्यस्त जीवन शैलीको कारण छोराछोरीलाई होस्टेलमा राखेर पढाउन खोज्छन् । सानो हुँदा नै उनीहरुलाई परिवारप्रतिको महत्व, माया र जिम्मेवारीबाट टाढा राख्दा नानीबाबुले भविष्यमा परिवार, आमा, बुबाप्रति कस्तो व्यवहार गर्लान् वा सोच्लान् ? यो विचरणीय विषय हो ।दर्जनौं अभिभावकहरु आफ्ना नानीहरुका अनेक समस्या लिएर आउने गर्छन् ।‘प्राय अभिभावको एउटै खाले समस्या छन, मेरो नानी एक्लै बस्न रुचाउँछन पढाइमा त्यति मन गर्दैन, मोबाइल, ल्यापटप भए पुग्छ ।

हामीसँग झर्किन्छ भनेको केही मान्दैनन् आदि ।’ त्यति बेला उनलाई समाज शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विभिन्न तह र कक्षा लक्षित बालबालिकाहरुले घरबाटै हेर्न मिल्ने गरी सिकाइका लागि आवश्यक स्रोतहरू (वेबसाइट) उपलब्ध गराएको छ। ती वेबसाइटहरूमा गएर पनि आफ्ना नानीबाबुले पढेको र सिकेको कुरा सुनिश्चित गर्न सकिन्छ। त्यसैगरी कक्षा १० लक्षित गरी डिसहोम जस्ता सेवा प्रदायकले पनि टिभी वा कम्प्युटररल्यापटपबाटै हेर्न मिल्ने ’भर्चुअल’ कक्षा सञ्चालन गरिरहेका छन् र ती कक्षाहरूमा आफ्ना नानीबाबुहरूलाई सहभागी गराई सिकाइमा संलग्न गराउन सकिन्छ।
अभिभावकहरु आफू सधैं मोबाइल, ल्यापटपमा रमाइरहेका हुन्छन् । अनि बच्चालाई चाहिँ नचलाउनू भनेर भन्छौं ।जब बच्चाहरुको अगाडि मोबाइल ईन्टरनेट चलाएको हुन्छौ तब ती कलिला मस्तिष्क हरुमा छाप बसिसकेको हुन्छ ।अर्को त कुरा त झन खाना खुवाउदा समेत खाना खान मानेन भनेर मोबाइलको काटुन देखाएर खाना खुवाउने घरमा घर जस्तै वातावरण दिनु पर्यो । हामी आफैंले बालबालिकालाई कुलतमा सामेल गराइरहेका छौं । यो निकै डरलाग्दो स्थिति हो ।’ अहिले समाज होडबाजीमा चलेको छ । यसले बालबालिकालाई कुन दिशामा लगिरहेको छ ? भन्ने भुलेका छौं ।

अहिले अन्तिम चौमासिक परीक्षा सकिएसँगै बालबालिकाहरु घरमा छन् । लकडाउनका कारण नतीजा सार्वजनिक भएको छैन । नयाँ भर्ना सुरु भएको छैन । यो फुर्सदको समयलाई अभिभावकले भरपुर उपयोग गर्न सक्नेछन् ।अघिपछि व्यस्त हुने बुवा आमा पनि अहिले घरमै हुनुहुन्छ ।उनीहरुलाई असल सँस्कार र शिक्षा सिकाउनका लागि यो महत्वपूर्ण समय हो ।
बच्चाहरुले रुचाएको खाना बनाउने, खुवाउने, खेल्ने, खेलाउने गर्नाले आत्मीयता बढ्छ । यसअघि उनीहरुलाई अनुभूति भएको अभाव पूर्ति गर्नका लागि पनि यो मौका हो । बालबालिकाहरु टेलिभिजनका समाचार, सामाजिक सञ्जालमा आएका सन्देशहरू प्रति बढी नै उत्सुक हुन्छन् । त्यहीं उत्सुकताले गर्दा अहिले उनीहरूमा कोरना भाइसरको प्रकोपबाट आत्तिने, डराउने अवस्था पनि आउन सक्छ । उनीहरूका हरेक जिज्ञासालाई सहज ढंगबाट मेटाउँदै सकारात्मक सञ्चार गराउनु अभिभावकको कर्तव्य हो ।
यसरी बालबालिकालाई जानकारी दिँदा डब्लूएचओ, स्वास्थ्य मन्त्रालय, नेपाल सरकारले जारी गरेका सत्य र उपयुक्त सन्देशहरू बालबालिकाले बुझ्ने भाषामा बताइदिनु पर्छ । रोगबाट हुनसक्ने क्षति, असर र यसको नकारात्मक प्रभावका बारेमा उनीहरूको मनमा आतंक ल्याउने ढंगबाट प्रस्तुत हुनुहुँदैन । उनीहरुलाई सकभर सिर्जनात्मक काममा व्यस्त राखेर घर भित्रको वातावरणमा रमाउन दिनु अभिभावकहरुको दायित्व हो ।
बालबालिकाको उमेर अनुसारका चित्रकला ,कथा देखाउने ,सिनाउने कविता सुनाउने, लेख्न सिकाउने, माटो तथा कागजका सामग्री बनाउन प्रेरित गर्ने गर्नु पर्दछ । उनीहरुले सिर्जनाको प्रशंसा गरी हौसला प्रदान गर्नु पर्दछ ।बालबालिकालाई रुचि र क्षमता अनुसार सिर्जनशील काम सिकाउनु पर्दछ । वाद्यवादन, गायन, नृत्य जस्ता रमाइला क्रियाकलापमा संलग्न गराएर उनीहरुलाई थप सिर्जनसिल बनाउन सकिन्छ । त्यस्तै घरभित्रै ब्याडमिन्टन, बास्केटबल, डोरी, चुंगी, टेबुलटेनिस जस्ता विभिन्न शारीरिक व्यायम हुने खेल खेलाउन सकिन्छ । अभिभावकको फुर्सदको समयमा बालबालिकाको साथमा प्रेरणामूलक फिल्म हेर्ने, कथा–उपन्यास सुनाउने आदि गरेमा पनि उनीहरुमा थप प्रेरणा मिल्नेछ ।बालबालिकाको अगाडि धुबर्पान ,मध्यपान जस्ता स्वास्थको लागि हानिकारक पर्दाथहरु सेवन नगर्ने

नानीबाबुहरुलाई खाना बनाउन सिकाउनका लागि पनि यो उपयुक्त समय हो । त्यस्तै दैनिक जीवनमा ब्यस्त गराउन उनीहरू लाई जुत्तामा तुना लगाउन पालिस लगाउ, तरकारी काट्ने, कोठा तथा घर सफा राख्न, कितावमा कभर हाल्ने जस्ता सामान्य तथा जीवनका लागि महत्त्वपूर्ण ज्ञान र सीप रमाइलो गर्दै सिकाउने र उनीहरूलाई स्वाभलम्बी बनाउने अवसरको रूपमापनि यो समयलाई उपयोग गर्न सकिन्छ ।
फुर्सद को समयमा बालबालिका लाई रचनात्मक र सिर्जनात्मक हुन प्रेरित गर्नु पर्दछ ।अहिलेको बालबालिका भोलिको कर्णधार “ तेसैले जति सक्दो अहिलेको अवस्थाम बालबालिकालाई उचित , सहि मार्ग देखाउनु जरुरी देखिन्छ । र यो विषयमा मा घर परिवार बिध्यालय सबै पक्ष जिम्मेवार हुनुपर्छ ।
पारिवारिक, सामाजिक सम्बन्ध, संस्कार र संस्कृतिको बारेमा पनि जानकारी गराउनाले बालबालिका र अभिभावककाबीचको सम्बन्ध थप प्रगाढ हुनेछ । यसले टाढिएको र जीवनबाट आपसी सद्भाव र आत्मीयता बढाउन सहयोग पुग्नेछ
अहिलेको बालबालिका भोलिको कर्णधार “ तेसैले जति सक्दो अहिलेको अवस्थाम बालबालिकालाई उचित , सहि मार्ग देखाउनु जरुरी देखिन्छ । र यो विषयमा मा घर परिवार बिध्यालय सबै पक्ष जिम्मेवार हुनुपर्छ ।
मुखैमा आएर स्थगित भएको एसईई र कक्षा ११र१२ को परीक्षा दिने नानीबाबुहरूको लागि त थप अध्ययन र तयारी गर्न पाउने अवसर प्राप्त भएकाले ती परीक्षा दिने नानीबाबुहरूलाई बिहान र साँझ केही घण्टा नियमित रुपमा अध्ययन गर्न अभिप्रेरित गरौं।

अहिलेको बालबालिका भोलिको कर्णधार “ तेसैले जति सक्दो अहिलेको अवस्थाम बालबालिकालाई उचित , सहि मार्ग देखाउनु जरुरी देखिन्छ ।  यो विषयमा मा घर परिवार बिध्यालय सबै पक्ष जिम्मेवार हुनुपर्छ ।प्रत्येक बालबालिकामा हुने एउटा प्रमुख लक्षण भनेको उत्सुकता हो , चाहे बालक चकचके होस या शान्त स्वभाव को होस ।
फुर्सद को समयमा बालबालिका लाई रचनात्मक र सिर्जनात्मक हुन प्रेरित गर्नु पर्दछ ।तेसैले कुमालेले काचोमाटोलाई आकार दिए जस्तै बच्चालाई पनि काचो बेला भनौ सानै बेला उचित ब्यवहार सिकाउनु जरुरि देखिन्छ र छ पनि अभिभावक अर्थात घर भनेको बालबालिकाको लागि पहिलो गुरु अर्थात पहिलो पाठसाला हो ।फुर्सद को समयमा बालबालिका लाई रचनात्मक र सिर्जनात्मक हुन प्रेरित गर्नु पर्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस