इन्जिनियरहरुको निर्वाचनको विषयले अहिले माहोल तातेको छ । इन्जिनियरहरुको निर्वाचन मंसिर २८ गते हुँदैछ । लोकतान्त्रिक र प्रगतिशील दुई धु्रवहरु आआफ्ना एजेन्डासहित चुनावी मैदानमा होमिएका छन् । यसैक्रममा अनलाइन केन्द्रका प्रमुख सम्पादक राज ढुंगानाले नेपाल इन्जिनियर्स एशोशशिएनको अध्यक्ष पदका उमेद्वार त्रिरत्न बर्जाचार्यसँग गरिएको संक्षिप्त कुराकानी ।
नेपाल इन्जिनियर्स एशोशीयसन आफैंमा खुम्चिदै गएको हो ?
हो भनौं, हैन जस्तो, हैन भनौं हो जस्तो स्थिती छ । हामी नेपाली ईन्जिनियरहरु विदेशभरि छरिएर रहेका छौं । विदेशमा पनि ठुल्ठुला राम्रो कामहरु गरेर देखाएका छौं । कतारको कुरा गरौं, त्यहाँ हुने वल्र्ड कपको लागी तयार हुँदै गरेको रंगशालामा नेपाली ईन्जिनियरहरुले एकदमै राम्रो कार्ग गरेका छन् । त्यस्तै अफ्रिकाको कुरा गरौं त्यहाँका ठुल्ठुला बाटाघाटाहरुको निमार्णको नेतृत्व नेपाली ईन्जिनियरले गरेका छन् । त्यस्तै अस्ट्रेलियाको कुरा गरौं, त्यहाँ पनि नेपाली ईन्जिनियरहरुले कम्पनी खोलेर बसिरहेका छन् । विदेशमा राम्रो काम गर्न सक्ने हामीहरु स्वदेशमा खुम्चिएर बस्नु परेको छ । ईन्जिनियरका समस्याहरु थुप्रै छन् । यि समस्याहरुको समधान गर्ने सर्वाेच्च निकाय भनेको त आफ्नै संगठन हो नि । आफ्नै संगठनले त्यस प्रति विचार नगर्दा, भुमिका निर्वाह नगर्दा त्यसको औचित्य माथी प्रश्न उठेको छ ।
नेपालमा एउटा यस्तो धारणाको विकास भएको छ कि, अन्य विषयहरुको शिक्षा लिए स्वदेश मै बस्ने तर ईन्जिनियर पढ्दा केहि तहसम्मको शिक्षा सकेर विदेशमा पढ्न जाने अनि त्यतै हराउने यस्तो किन भइरहेको छ ?
हामीले उत्पादन गरेका ईन्जिनियरहरुको प्रफमेन्स नेपालमा मात्र नभएर विदेशमा पनि अति नै राम्रो छ । त्यसैले हामीसँग विदेशका प्रतिष्ठित विश्वविद्मालयहरु पनि सम्झौता गर्न आइरहेका छन् । विश्वविद्मालयहरु मात्र नभएर विश्वका विभिन्न रिकुप्मेन्ट कम्पनीहरुसँग पनि हाम्रो सम्झौता भएको छ । हाम्रो जापानीज रिकुप्मेन्ट कम्पनीसँग पनि सम्झौता भएको छ । उसले के भन्छ भने जापानीज ईन्जिनियरलाई भन्दा पनि नेपाली ईन्जिनियरहरुलाई बढि सेवासुविधाहरु दिएर अफिसियल्ली रुपमा अगाडि बढ्नु पर्छ । विदेशमा मास्टर्स, पि.एच.डि. गर्न जाने अनि उतै बस्ने प्रवृत्ति त हाम्रो देशमा छदैँ छ । त्यसलाई नेगेटिभ्लि मात्र नहेरेर अहिले हामीले पाजिटिभ्लि पनि हेरीरहेका छौँ । किनकि जो बाहिर गए उनिहरुले हामीलाई रिटर्न दिन थालेका छन । अनि अर्काे कुरा तत्कालीन समयमा हामीहरुसँग स्पेशल कोर्षहरु थिएनन्, तसर्थ आफ्नो अध्ययन पुरा गर्नको लागी विदेश गए । उताको अवसर, सेवासुविधामा हराएर उतै बस्न थाले । हाम्रो देशमा अझै पनि आवश्यकिय प्रविधिहरु प्रर्याप्त उपलब्धता छैन, तसर्थ हामीले उत्पादन गरेका ईन्जिनियरहरु जो अहिले विदेशमा कार्यरत हुनुहुन्छ, उहाँहरुले हामीलाई भौतिक एवम् आर्थिक सहयोग गर्नु भएको छ, जसले हामीलाई सहज भएको छ । यो भुकम्पको बेलामा पनि उहाँहरु सबै स्वदेश फर्केर आउनु भयो । सकेजति आर्थिक सहयोग पनि गर्नु भयो । त्यसकारण जति ईन्जिनियरहरु उत्पादन भए ति सबै स्वदेश मै बस्नुपर्छ भन्ने नि छैन, किनकि हाम्रो देशमा अवसरको मात्रा कम छ । हामीले उत्पादन गरेका ईन्जिनियरहरुको कार्य क्षमता राम्रो भएकोले माग पनि धेरै छ, तसर्थ हामीले उत्पादन गरेका निर्यात गर्नु हाम्रो मार्केट पनि हो । त्यसैले यसलाई सबैले पोजेटिभ्लि लिनुपर्दछ भन्ने लाग्छ मलाई ।
अब निर्वाचनको कुरा गरौं, तपाई ईन्जिनियरिङ क्याम्पसको डिनको हैसियतमा रहिसक्नु भएको छ । ईन्जिनियरिङ क्षेत्रमा धेरै अनुभव संगाली सक्नुभएको पनि छ । अध्यक्षको लागी तपाईको उम्मेद्धवार किन ?
मेरो उमेद्वारी विशेष गरी अनुभवका कारण आएको हो । मैले लामो समयसम्म इन्जिनियरिङ अध्ययन सँस्थानसँग काम गरेको छु । धेरै अनुभव हासिल गरेको छु । त्यो अनुभव हासिल गर्ने क्रममा यस्ता सँस्थाहरुको उपयोगीता धेरै देखेको छु । यसै क्रममा अहिले इन्जिनियर्स एशोशीयसनमा इन्जिनियरहरुको वितृष्णा देखिन पुग्यो । त्यसकारण यसमा मैले नेतृत्व लिएर इन्जिनियरहरुलाई एकिकृत गरी देश विकासमा लाग्नुपर्छ भन्ने महशुस मैले उमेद्वारी दिएको हुँ । यसमा अहिले लोकतान्त्रीक र अर्को प्रगतिशील समुह भई चुनावमा लडेका छौं ।
चुनावमा पेश गरिएको तपाईंको एजेण्डाहरु केके हुन् ?
आम इन्जिनीयरहरुको हकहितका लागि हामीले मुद्धाहरु पेश गरेका छौं । हामी सरकारसँग नजिक छौं त्यसकारण पनि सरकारसँग समन्वय गरेर हामी अधिकार प्राप्त गर्न चाहन्छौं । त्यस्तै, इन्जिनियरहरुको क्षमता विकासमा पनि हामी काम गर्नेछौं । त्यस्तै हामी, युवा इन्जिनीयरहरुलाई रोजगार प्रवद्र्धन गर्नेछौं । जसका लागि हामीले हरेक वर्ष ट्रेनीङलगायतका क्षमता अभिवृद्धिका लागि काम गर्नेछौं । यी लगायतका हामीले इन्जिनीयरहरुका लागि धेरै नै एजेन्डा प्रस्तुत गरेका छौं । हामी इन्जिनीयरहरुको पेशागत हकहीतको लागि शशक्त भएर उभिनेछौं भने सरकारसँगको समन्वयमा श्रम ऐन पनि लागु गराउनेछौं । समग्रमा भन्नुपर्दा हामीले इन्जिनीयरहरुलाई एकिकृत गर्दै देश विकासमा लगाउने काम गर्नेछौं ।
तपाईंको समुहले यी एजेन्डाहरु पुरा गर्नुहुन्छ भन्ने आधार के छ त ?
यसभन्दा पहिले पनि हामीले विभिन्न समयमा विभिन्न रचनात्मक कामहरु गरेका छौं । हामीसँग काम गर्ने थुप्रै अनुभवहरु रहेका छन् । म ठोकुवा गरेर भन्छु, मेरो नेतृत्वमा इन्जिनियर एशोशीयसनलाई म एउटा क्लवको रुपमा नभई व्यापक रुपमा समेटेर लैजानेछु ।
अन्तर्वाता अडियोमा सुन्नुहोस्: