वैशाख १७, काठमाडौं । मन्त्रिपरिषद बैठकले शिक्षकका नौबुँदे मागलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नौ बुँदे मागलाई अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री रघुजी पन्तले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकअघि आजै नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सहमतिमा टुंगिएको थियो । त्यसलगत्तै मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकले शिक्षकका मागलाई स्वीकृत गरेको हो ।
शिक्षकका नौबुँदे माग सरकारले स्वीकृत गर्ने र असार १५ भित्र शिक्षा ऐन ल्याउने सहमति भएको शिक्षामन्त्री पन्तले बताए । सहमति कार्यान्वयन गर्न ८ अर्ब थप दायित्व थपिएको उनले पन्तले जानकारी दिए ।
योसँगै भोलिदेखि सडक आन्दोलन नहुने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । सहमतिसँगै बिहीबारदेखि देशभरीका बिद्यालय सञ्चालनका लागि सुवेदीले आग्रह गरेका छन् ।