जेठ ९,काठमाडौँ । पार्टी एकताको पुर्वसन्ध्यामा उनि चिन गएका थिए । तर भोलीपल्ट दुई पार्टी एकता भयो र मर्यादा क्रमसहित सुची आयो । यही सुचीमा आफूलाई पछाडि पारेको भन्दै त्यसविरुद्ध अभिव्यक्ति दिएका नेकपाका नेता झलनाथ खनालले अर्को विषयमा पनि असहमती राखेका छन । उनले स्थायी कमिटी सदस्य छनोटमा पनि असन्तुष्टि जनाएका हुन।
एमाले र माओवादी एकीकरणपछि बनेको नेकपामा ४५ सदस्यीय स्थायी समिति बनाउने मंगलबारमात्रै निर्णय भएको थियो ।
जसमा तत्कालिन एमालेका तर्फबाट २६ र माओवादीका तर्फबाट १९ सदस्य समेटिनेछन् । नेकपाको नौ सदस्यीय सचिवालयले स्थायी कमिटीलाई पूर्णता दिने तयारी गरिरहेको छ ।
यसैक्रममा तत्कालिन एमालेका तर्फबाट रघुजी पन्त, रघुवीर महासेठ, बेदुराम भुषाल र विष्णु रिमाललाई स्थायी कमिटीमा लैजाने निर्णय भएको थियो । यो निर्णयप्रति नेता खनालले असन्तुष्टि जनाएका हुन् ।
खनालले भनेका छन ,‘चार जनालाई स्थायी कमिटीमा लैजाने निर्णयमा मेरो असहमति हो’ ‘ यो निर्णयले पार्टीमा योगदान पुर्याएकाहरुको उचित मुल्यांकन हन सक्दैन ।’
नेताहरुको व्यवस्थापनमा अझै छलफल रहेको र यसमा तलमाथी हुन सक्ने स्रोतले बताएको छ । यस्तै नेकपाका अर्का नेता भिम रावलले पनि केन्द्रिय सदस्यको चयनमा असहमती राखेका थिए । उनलाई अहिले विधान समितीको संयोजक बनाएर थुम्थुमाइएको छ ।