मंसिर २९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २२, शनिबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर २२,काठमाडौँ । आगामी मंसिर २९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बस्ने भएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर २९ गतेका लागि स्थायी समिति बैठक बस्ने मिति तय गरेको हो । बैठक २९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बस्ने निर्णय सचिवालय बैठकले गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सुरु गर्न ढिला गरेर अपमान गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले बैठक बहिष्कार गरेका थिए ।

बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । ३ बजेर २० मिनेटसम्म बैठक सुरु नभएपछि नेताहरु बाहिरिएका थिए । महासचिव पौडेलले भने दुई अध्यक्षले छलफल गरिरहेकाले बैठक बस्न केही ढिला भएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस