युपीएफका नेपाल प्रमुख एकनाथ ढकाललाई विशेष सुरक्षा दिने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २३, आईतबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर २३,काठमाडौँ । सरकारले युनिभर्सल पिस फेडरेसन (युपीएफ) का नेपाल प्रमुख एकनाथ ढकाललाई विशेष सुरक्षा दिने तयारी गरेको छ । आफूमाथि सुरक्षा थ्रेट भएको भन्दै निवेदन दिएपछि ढकाललाई सुरक्षा दिन लागेको गृह मन्त्रालय स्रोतले बतायो ।

ढकालले विवादित एसिया प्यासिफिक समिट सकिएको दुई दिनपछि १९ मंसिरमा ‘असुरक्षित महसुस गरेको’ भन्दै सरकारसँग सुरक्षा माग गरेका थिए ।

युपीएफ नेपालका महासचिव विनोद डाँगीले भने ढकाललाई सुरक्षा थ्रेट रहेको र नरहेको विषय आफूलाई जानकारी नभएको बताए ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी मन्त्रालयमा ढकालको निवेदन परेको र त्यस विषयमा निर्णय हुन बाँकी रहेको बताउँछन् ।

कुराकानीमा सुवेदीले भने, ‘उहाँको निवेदन कमिटीमा पठाएका छौं, कमिटीले आवश्यक ठान्यो भने सुरक्षा दिन्छौं ।’

गृह मन्त्रालयमा यसअघि नै सुरक्षा माग गरेर निवेदन दिएका पूर्व मन्त्रीहरू र बहालवाला सांसदहरूका लागि भने सरकारले यस्तो प्रबन्ध गरेको छैन । तर, पूर्वमन्त्रीसमेत रहेका ढकाललाई सरकारले उच्च प्राथमिकतामा राखेर सुरक्षा दिन लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस