मंसिर २९,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनकपुरकी निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप लगाएका छन ।
शनिबारदेखि काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले शान्ति सुरक्षा कायम गराउन नसकेको सरकार स्वयंम निर्मला पन्तको हत्यारा बचाउन लागि परेको दाबी गरेका हुन ।
देशभर हत्या हिंसाका घटना बढ्दै गएको तथा निर्मला पन्तको तस्बिर टाँस्नेलाई समेत नियन्त्रणमा लिने सरकारका क्रियाकलाप सर्वत्र आलोचित भएको उहाँले उल्लेख गरे। संघियता नै असफल बनाउने षड्यन्त्रमा सरकार लागेको उनले दाबी गरे।
वर्तमान सरकारले नागरिकलाई लोकतन्त्रको उपहारको रुपमा मंहगी दिएको, बुढी गण्डकी आयोजना निर्माणको जिम्मा बिना प्रतिष्पर्धा सुम्पिएको, मिडियामा हस्तक्षेप बढेको भन्दै उनले त्यसविरुद्ध सशक्त प्रतिकार गर्नुपर्ने बताए ।
महासमिति बैठकबाट पार्टीलाई एकतावद्ध र संगठित बनाई बलियो प्रतिपक्षीको रुपमा देशभर सरकारका क्रियाकलापविरुद्ध आवाज बुलन्द पार्नुपर्नेमा पनि उनले जोड दिए ।
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीलाई सक्षम, सुदृढ र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन ।
महामन्त्री कोइरालाले पार्टीको बृहत् हितमा लाग्न उच्च नेतृत्वलाई आग्रह गरे । ओहदाभन्दा कामलाई स्मरण गरिने भएकाले पदीय हैसियत कायमलाई प्राथमिकतामा नराख्न पनि उनले आग्रह गरे । पार्टी एकताका लागि आफूले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता पनि उनले जनाए ।
महासमिति बैठक नीति निर्माण गर्ने वैधानिक थलो भएकाले वस्तुनिष्ठ समीक्षा गर्दै एकताका साथ भावी रणनीति तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांगठनिक अवस्थाको सुदृढीकरण गर्दै भविष्यका लागि उपयुक्त नीति बनाउदै निर्वाचनमा व्यहोर्नुपरेको पराजयको कारणको खोजी पनि महासमितिमा गरिनुपर्ने उनको तर्क थियो ।
यसैबीच
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले पार्टी भित्रको आपसी शत्रुतालाई अन्त्य गर्नुपर्ने आवश्यकता औल्याएका छन ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले आ–आफूलाई शत्रु देख्ने प्रवृत्तिले कांग्रेसले पराजय भोग्नु परेको भन्दै यस्तो प्रवृतिको अन्त्य गरिनुपर्नेमा जोड दिए ।
एक अर्कालाई शत्रु देख्ने प्रवृतिको अन्त्य भएपछि कांग्रेस ठूलो पार्टीको रुपमा बाहिर आउने र सरकारको नेतृत्व गर्ने दाबी पनि उनले गरे । एक अर्काको आलोचनामा नभई सम्पूर्ण उर्जा सरकारको खिलापमा लगाउन पनि उहाँले आब्हान गरे ।
उनले कम्युनिष्टबाट प्रचार गर्न र नागरिकको बीचमा जाने शैली सिक्न कार्यकर्तालाई अनुरोध गरे ।
यता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकबाट एकतासहितको देश बनाउने सपना साकार पार्ने प्रतिवद्धता आउनु जरुरी रहेको बताएका छन ।
प्रवक्ता शर्माले महासमिति बैठकले जनअपेक्षालाई सम्बोधन हुने गरी एकताको सन्देशसहितको देश बनाउने प्रतिवद्धताको सन्देश दिन सक्नुपर्ने बताएका हुन । महासमितिले दिने सन्देशबारे देशभर चासो भएको भन्दै उनले सबै क्षेत्र, वर्ग र सरोकारलाई सम्बोधन गर्न सक्नुपर्ने उल्लेख गरे ।
उनले महासमितिको बैठकबाट देश बनाउने सपना साकार पार्न सक्छौँ भन्ने प्रतिवद्धतासहित १५ वर्ष्भित्र लगातार तीन वटा निर्वाचन जितेर देशलाई सम्वृद्ध बनाउँछौँ भनी संकल्प गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।
अर्का नेता