वाइडबडी प्रकरणः सरकारी छानविनमाथि देउवाको प्रश्न-भ्रष्टाचार लुकाउन खोजेको हो ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २१, शनिबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पौष २१, विराटनगर । विपक्षी दलका नेता शेरबहादुर देउवाले वाइडबडी विमानबारे छानविन गर्न सरकारले बनाएको उच्चस्तरीय आयोगमाथि प्रश्न उठाएका छन् ।

सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले छानविन प्रतिवेदन तयार पारेको भोलिपल्टै सरकारले आयोग बनाएको थियो । यसले वाइडबडीमा भएको भ्रष्टाचार लुकाउन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको देउवाले बताए ।

नेपाल राष्ट्रिय मगर संघले मोरङ्गको लेटाङ्गमा शनिबार आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्याक्रममा कांग्रेस सभापति देउवाले भने, ‘वाइडबडीमा जुन भ्रष्टाचार भएको छ, छानविन कमिटी बनाएर त्यसलाई लुकाउन खोजेको हो कि ? बचाउन खोजेको हो कि भन्ने जायज शंका उठेको छ ।’

हाम्रो पार्टीले विपक्षमा भएपनि वाइडवडी प्रकरणमा भ्रष्टाचार गर्नेहरुलाई कुनै हालतमा नछाड्ने उनले बताए । देउवाले भने, ‘ जो सुकै होस्, हम्रो पार्टीले छाड्ने छैन ।’

ताजा अपडेट

खोजी गर्नुहोस